संस्थागत तथा सामुदायिक विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छः नगरप्रमुख गैरे

-


     जनहित न्युज    
     असाेज २ गते २०७९


गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताएका छन ।
न्यू लाईफ आवासीय माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ द्वारा आयोजित १३ औँ निकेश चन्द्र चोखाल (निवेस) को स्मृति आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख गैरेले उक्त भनाई राखेका हुन ।

उनले गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको अवलम्वन गर्नुपर्ने बताए । नगरप्रमुख गैरेले यहाँको समृद्धि र विकासको लागि जिम्मा लिने सक्षम नागरीक उत्पादन गर्नु आजको आवश्यकता रहेकाले अवको शिक्षा जीवनोपयोगी हुनु पर्ने बताए ।
कार्यक्रममा गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले गलकोटको शिक्षामा संस्थागत विद्यालय र सामुदायिक विद्यालयविचको दुरी कम गरी समन्वयकारी भुमिका निर्वाह गर्न न्यू लाईफ आवासीय माध्यमिक विद्यालयले महत्वपुर्ण भुमिका निर्वाह गरेका बताउनु भयो । उहाँले अवको शिक्षा प्रविधिमैत्री र गुणस्तरीय वनाउनुपर्ने वताउनुभयो । उहाँले गलकोट नगरपालिकाले गलकोटको शिक्षामा सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक प्रक्रिया अगाडि वढाएको बताए ।

कार्यक्रममा सामान्यज्ञान प्रश्नोत्तर, विषयगत प्रश्नोत्तर, छिटोछिटो प्रश्नोत्तर, सुनेर उत्तर दिने प्रश्नोत्तर, व्रजर राउण्ड, जोखिम राउण्ड प्रश्नोत्तर सञ्चालन गरिएको थियो । गलकोट नगरपालिकाका कक्षा ६–८ सञ्चालित १० सामुदायिक र ९ संस्थागत गरि १९ समुहको सहभागिता रहेको कार्यक्रममा न्यू लाईफ आवासीय माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ ए समुह प्रथम, वि समुह द्वितीय, दुदिलाभाटी ईङ्लिस स्कुल गलकोट नगरपालिका वडा नम्वर १ तृतीय, गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ३ हटिया र गोल्डेन फ्युचर वोर्डिङ स्कुल गलकोट नगरपालिका वडा नम्वर ४ डाडाँखेत सान्त्वना भएका छन् ।
कार्यक्रम न्यू लाईफ आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, शिक्षक नन्दराज शर्माको स्वागत तथा भाईस प्रिन्सिपल विर वहादुर वोहोरा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry