डेनमार्कका नेपालीविच म्याराथन हुदै

-


     जनहित न्युज    
     भाद्र २९ गते २०७९


कोपनहेगन, १३ सेप्टेम्बर । डेनमार्कको राजधानी कोपनहेगनमा रहेका नेपालीहरुविच मैत्रीपूर्ण म्याराथन (लामो दुरीको दौड) हुने भएको छ । ‘दौड़को मस्ती, ज़्यानमा तन्दुरुस्ती’ भन्ने मुल नारा सहित कोपनहेगन नेपाली म्याराथन हुने भएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको आयोजनामा सेप्टेम्बर १७ तारिखका दिन ५ किलोमीटरको म्याराथन कोपनहेगनको बेलाहोय खेल मैदानको बिशाल पोखरी पार गरी पुरा हुनेछ ।

नेपाली समाजविच भावानात्मक, सामाजिक एकता तथा शारीरिक स्वास्थ्य र तन्दुरुस्तीसम्बन्धी जन चेतनाको अभिवृद्धि गराउने उद्देश्यले म्याराथन हुन् लागेको हो । पुरुष, महिला र बालबालिका तर्फ छुट्टा छुट्टै म्याराथन हुनेछ ।

एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले डेनमार्कको नेपाली समुदायविच सामाजिक, भावानात्मक निकटता बढाउन र स्वास्थ्य सचेतना फैलाउन भनेर म्याराथन गर्न लागिएको जानकारी दिए ।

सक्रिय सहभागि हुन् नेपाली समुदायलाई अनुरोध गर्दै आयोजकले म्याराथन पूरा गर्ने सबैलाई मेडल र पुरस्कार सहित सम्मान गर्ने बताएको छ ।

एनआरएनए डेनमार्कका उपाध्यक्ष राधाकृष्ण सापकोटाले सहभागि सबैलाई सकेसम्म सेतो रंगको टिसर्ट लगाएर आउन र आयोजकले प्रदान गर्ने लोगो सहितको स्टीकर टास्न अनुरोध गरेका छन् ।

म्याराथनमा नेपाली राजदुताबास, डेनमार्कका सबै संघ संस्थाका अगुवाहरु, एनआरएनएका केन्द्रित प्रतिनिधि, खेलाडी, कलाकार, अभियन्ता लगायतको सहभागिता रहने बताइएको छ ।

एनआरएनए डेनमार्कका महासचिव महेश खत्रीले डेनमार्कको नेपाली समाजमा पहिलोपटक फरक किसिमको कार्यक्रम गर्न लागिएको बताउँदै भव्य रुपमा सफल हुनेमा आफुहरु ढुक्क रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry