पपुवा न्यूगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा हट्यो

-


     जनहित न्युज    
     भाद्र २६ गते २०७९


पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्युगिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि खतरा हटिसकेको सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको हाे।

भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर(३८ माइल)को गहिराइमा गएको थियो।

भूकम्पले ठूलो क्षति पुर्याएको अनुमान गरिएको भएपनि के-कति मानवीय क्षति भयाे भन्नेबारे आधिकारी जानकारी नआएकाे समाचार संस्था एनएचकेले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry