कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

-


     जनहित न्युज    
     भाद्र १४ गते २०७९


राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि अपराह्न तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । यसैगरी बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पनि आजै नतिजा प्रकाशित गर्ने सम्भावना भएको बताए । उनले भने, ‘बेलुकासम्ममा नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry