जापानमा एक व्यक्तिले अघिल्लो रिहाइको जमानतको रकम तिर्न नसकेपछि फेरि २१ वटा लुटपाट गर्दा पुन पक्राउ

-


     जनहित न्युज    
     जेठ ७ गते २०७९


क्योटो र ओसाका प्रान्तहरूमा चोरीको आरोपमा पटक पटक पक्राउ परि रिहा भएका एक व्यक्तिले आफ्नो अघिल्लो रिहाइको लागि “जमानतको पैसा फिर्ता गर्न” गरेको २१ चोरीमा मुद्दामा ती व्यक्तिलाई फेरि पक्राउ गरिएको छ।
ओसाका सहरमा बस्ने निर्माण मजदुरको रूपमा कार्यरत ३९ वर्षीय जुन यामाओकालाई रिहाईपछि पनि पुन महिलाको सामान लुट्नेलगायतका २१ वटा चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
यामाओकालाई यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरि छोड़िएको प्रहरीलाई उदृत गर्दै जापानी समाचार माध्यमले उल्लेख गरेका छन। प्रहरी सामु आरोपितले भनेको कुरा उल्लेख गर्दै भनिएको छ “मलाई मेरो मालिकले मेरो जमानतको पैसा तिर्न लगाएँ। ज़मानत तिर्न जाँदा पैसा सकिएर पर्स लुट्नेतिर लागे।”

उनीमाथि जनवरी र नोभेम्बर २०२१ को बीचमा दक्षिणी क्योटो प्रान्त र उत्तरी ओसाका प्रान्तमा लुटपाट र कार चोरीका घटनाहरू सहित २१ वटा चोरीको आरोप छ। चोरी भएका वस्तुहरूको कुल मूल्य लगभग ४.६ मिलियन येन (लगभग ३६,००० डलर) थियो। पक्राउपछि संदिग्धले सुरुमा आफूमाथि लागेका आरोप अस्वीकार गरेका थिए, पछि उनले स्वीकार गरेका छन ।
क्योटो प्रान्तको प्रहरीका अनुसार यामाओकाले चोरीको मोटरसाइकल प्रयोग गरि बारम्बार साइकल चलाउने महिला लगायत मानिसहरूका सामानहरू खोसेर लुटपाट गर्ने गर्दथे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry