नेपाली जनप्रगतिशिल मन्च जापान क्षेत्रीय कमिटि नागोयाको अधिवेशन नोभेम्बर १४ तारिकमा हुने

-


     जनहित न्युज    
     असाेज २१ गते २०७८


नेपाली जनप्रगतिशिल मन्च जापान क्षेत्रीय कमिटि नागोयाको क्षेत्रीय अधिवेशन नोभेम्बर १४ तारिकका दिन हुने भएको छ ।
कमिटीको बुधवार बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि हरिदोङ तामाङ संयोजक रहेको ३२ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ ।
संगठनलाई सुदृढ़ र क्रियाशील बनाउनका लागि संगठनप्रति आस्था र विश्वास राख्नेहरुलाई एकताबद्द गर्दै ल्यैजाने कमिटीको निर्णयलाई कार्यान्वयन गर्दै अधिवेशनको तयारीका लागि व्यवस्थापन र केन्द्रिय अधिवेशन आयोजक समितिसंग समन्वय गर्न आर एच गौतम, सन्देश पोखरेल ,हरिदोङ तामाङलाई ज़िम्मेवारी दिने निर्णय गरेको संयोजक तामाङले जानकारी दिए ।
त्यसैगरि आर्थिक संयोजनका लागि ज्ञानेन्द्र श्रेष्ठलाई ज़िम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा नेपाली जनप्रगतिशिल मंच पूर्वी एसिया प्यासिफिकका सदस्य भवानी पन्तले जापानमा संगठनको प्रभावलाई व्यापक वनाउंदै व्यवस्थित रूपमा संगठन सुदृढिकरणमा लाग्दै र प्रवासमा रहेर अप्ठ्यारोमा परेका नेपाली समुदायलाई सहयोग गर्नु हाम्रो प्रमुख जिम्मेवारी पनि रहेको बताए ।
वैठकमा मंचका सल्लाहकार रोविन्द प्रसाद श्रेष्ठ(गोविन्द)ले नेपाली जनप्रगतिशील मंच जापानले समाज विकासको लागि योगदान पुर्याएको बारेमा चर्चा गर्दै नेपाली समुदायमा प्रभावकारी काम गरेर संगठनको छवीलाई उचो बनाउनु पर्ने बताए ।
त्यसैगरि विष्णु प्रसाद घिमिरेले प्रवासका संगठन मध्य यो संगठनको छुट्टै महत्व र विचार बोकेकोले संगठनले प्रवासी नेपालीलाई विचारसहितको समाज परिवर्तनमा लाग्न योगदान र सक्रिय हुन मदत पुर्याएको बताए । नागोयामा समय रहेर समाजिक अभियानमा सक्रिय समाजिक व्यक्तित्व राजेन्द्र श्रेष्ठ संगठन विस्तार र सुदृढिकरणमा विशेष ध्यान दिन सुझाव राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry
2