एनभीए कप भलिबलमा गलकोट स्पोर्टस क्लब जापान क्वाटरफाईनलमा

-


     घनश्याम गौतम    
     असाेज १३ गते २०७८


साविक विजेता हेल्प नेपाल समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाईनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार गलकोट स्पोर्ट्स क्लब टोकियो जापानलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बनेको हो । भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले पहिलो तेस्रो र चौथो सेटमा क्रमश २५–१८, २५–२२ र २५–१९ को सेटमा  गलकोट स्पोट्स क्लव टोकियोलाई पराजित गरेको थियो ।

गलकोट स्पोटस् क्लबले दोस्रो सेटमा २५–२२ को सेटमा पराजित गरेपनि अन्य सेटमा जित निकाल्न नसक्दा समुह उपबिजेता बनेको हो । यस जितसँगै समूह ’ए’ को हेल्प नेपालले ३ खेलमा ९ अंक जोडेको छ भने उपबिजेता बनेको गलकोटले ३ खेलमा ६ अंक जोड्दै अन्तिम आठमा पुगेको हो ।

आजको खेलमा गलकोटका खेलाडिले टिपटप हेल्प नेपाललाई पराजित गर्न नसकेपनि उत्कृष्ट प्रर्दशन गदैं दर्शकको मन जित्न सफल भएका थिए । क्वाटर फाईनल अन्तरगर्त बिहिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब संग प्रतिस्प्रर्धा गर्नेछ ।

समूह सी को विजेता बनेंको आमी संग गलकोटले बिहिबार अपराहन्न ४ बजे प्रतिस्प्रर्धा गर्ने तालिका रहेको नेपाल भलिबल संघले जनाएको छ ।  गलकोटले यस अघि वागमती प्रदेश र प्रदेश नम्वर २ लाई पराजित गरेको थियो । 

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।

महिला तथा पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन्  । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने नेपाल भलिवल संघले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry
1