कोरोना महामारीको नियन्त्रणमा आफुलाइ केन्द्रित गर्न भन्दै जापानका प्रधानमन्त्रीले पार्टीको नेतृत्व र प्रधानमन्त्रीमा दाबी नगर्ने घोषणा

-


     जनहित न्युज    
     भाद्र १८ गते २०७८


जापानका प्रधानमन्त्री सुगा योशिहिदेले देशमा कोरोना महामारीले उग्ररूप लिएपछि त्यसको नियन्त्रणमा आफूलाई केन्द्रित गर्नका लागि मुख्य सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको आगामी नेतृत्वको लागि हुने निर्वाचनमा चुनावमा भाग नलिने बताएका छन ।
शुक्रवार भएको एलडिपीको विशेष बैठककमा प्रधानमन्त्री सुगाले सेप्टेम्बर २९ मा हुन लागेको पार्टीको निर्वाचनमा आफूले दाबी नगर्ने र कोरानाको नियन्त्रणमा नै ध्यान केन्द्रित गर्ने बताएको जापानी संचारमाध्यमहरुले जनाएका छन । समाचारहरुमा उल्लेख गरिए अनुसार सुगाले पार्टीको कार्यकारी पदमा फेरबदल नगर्ने संकेत सोमवार नै गरेका थिए । जापानमा बहुमत प्राप्त पार्टीको अध्यक्ष प्रधानमन्त्री हुने गर्दछ ।
मंगलबार एलडिपीका महासचिव निकाई तोशिहिरोलाई भेटने क्रममै प्रधानमन्त्री सुगाले कोभिड-१९ कोरोना भाईरसको कारण संक्रमित हुनेको गतिबढिरहेकोले यसको नियन्त्रणमा केन्द्रित रहि काम गर्नुपर्ने आफूले महशुस गरेको हुनाले आगामी नेतृत्वको लागि इच्छुक नरहेको जानकारी गराइसकेको बटाएका छन ।
पूर्व विदेश मामिला सम्बन्धी मन्त्री किशिदा फूमिओले पार्टीको नेतृत्वको चुनौती आफूले वहन गर्न सक्ने इच्छा जाहेर गरेका छन भने पूर्व आन्तरिक मामिला मन्त्री ताकाइची सनाई पनि नेतृत्वका लागि इच्छुक रहेको बताएकि छिन्, तर उनलाई २० जना पार्टी सांसदहरुको हस्ताक्षर चाहिन्छ।
प्रधानमन्त्री सुगाको तो घोषणाले सबैलाई आश्चर्य चकित पारेको बताईएको छ । जापानी जनताहरु राजनीतिक स्थितिको बारेमा अनिश्चितता महसुश गरिरहेका छन्, र उनीहरु राजनीतिज्ञले सक्रियतापूर्वक कोरोनाभाइरस संग लड्न भूमिका निर्वाह गरेको हेर्न चाहन्छन्।
जापानी नागरिकको सुगाले आफ्नो लोकप्रियता गुमाइसकेको हुनाले चुनावमा भाग नलिनु राम्रो निर्णय गरेको पनि प्रतिक्रिया दिएका छन । उनीहरुले भन्छन कोरोना महामारीको लागी उनले सोचेजति कुनै उल्लेख्य कार्य गर्न सकेनन ।
विपक्षी समवैधानिक लोकतान्त्रिक पार्टी, कम्युनिस्ट पार्टी, लोकतान्त्रिक पार्टी, सामाजिक लोकतान्त्रिक पार्टीले तत्काल संसदको विशेष बैठक बोलाउन माग गरेपनि सत्ता रूढ़ दल लिबरल डेमोक्रेटिक पार्टीले खासै चासो देखाएको छैन । यसबाट सत्ता पक्ष र विपक्षका बिचमा विवाद चुलिएको सन्दर्भमा प्रधानमन्त्रीको यस्तो घोषणा हुनुलाई निकई चासोका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry