देउवाले लिए प्रधानमन्त्रीको शपथः नियुक्तिको व्यहोरा फेरियो, ओली भए अनुपस्थित,पाँच सदस्यीय मन्त्रिपरिषद्

-


     जनहित न्युज    
     असार २९ गते २०७८


गृहमा खाण, अर्थमा शर्मा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएका छन्। नियुक्ति सम्बन्धी विवाद सुल्झिएपछि राति ८ बजेपछि शपथ भएको हो। ६ बजे नै शपथको कार्यक्रम तय भए पनि नियुक्ति सम्बन्धी पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै दुई घण्टाभन्दा ढिला भएको थियो।

शितल निवासमा मंगलबार साँझ आयोजित कार्यक्रममा देउवाले ईश्वर, देश र जनताको नाममा सपथ लिएका हुन् । देउवालाई आजै राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

देउवासँगै कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनादर्न शर्मा प्रभाकर र ऊर्जामन्त्रीका रुपमा पम्फा भुसालले पनि शपथ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै चार नेतालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा र नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । योसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ । 

शपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। सत्ता सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको शपथ समारोहमा उपस्थित भए। 

देउवाले पाँचौँ पटक प्रधानमन्त्री प्रधानमन्त्रीको शपथ लिएका हुन्। यसअघि सोमबार मात्र २८ घन्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry