बन्दाबन्दीले बागलुङका होटल व्यवसायी विस्थापित हुने अवस्थामा

-


     राजेशचन्द्र राजभण्डारी    
     असार २१ गते २०७८


बागलुङ-सिजनमा बागलुङका होटलहरू   पर्यटकले भरिभराउ हुन्थ्यो । मुस्ताङ घुम्न जाने  पर्यटकहरू  एक रात यतै बिताउँथे । वरिपरिका गन्तव्य चहार्थे । बिश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस १९ काेभिडलाई लक्षित गरि देशमा लकडाउन भएपछि अहिले होटल सुनसान बनेको छ  छ । चर्को भाडा तितेर ब्यबसाय गरेका ब्यक्तिहरू सरकारले गरेको निषेधाज्ञाकाे कारण हाेटल संचालन गर्न नपाएपछि 
विस्थापित हुने अवस्थामा पुग्न लागेका छन् ।

गण्डकी प्रदेशको मुख्य ब्यापारी केन्द्र बागलुङका ठुलो तथा सानो हाेटलका कर्मचारी बिदामा छन् । कोरोनाले होटल व्यवसायमा निम्त्याएको संकट  कति लम्बिने हो ठेगान छैन । सरकारले आर्थिक क्रियाकलाप केही खुकुलो पारेकाे भनेपनि त्यो होटल, हकमा भने  लागू गरिएको छैन ।

“व्यवसाय चौपट छ, सबैभन्दा ठूलो मार होटललाई नै परेको छ।  विस्तारै साना तथा मझौला होटल, काेराेना भ्याक्सिन लगाइ ,स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीसहित काेराेना भ्याक्सिन दिएर सञ्चालन गर्न दिनुपर्ने बागलुङ हाेटल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष निलेश राजभण्डारीले बताए ।

बागलुङ जिल्लामा ९५ प्रतिशत हाेटल तथा रेष्टुरेन्ट  भाडाको घरमा संचालित भएको हुदा अहिले भइरहेको निषेधाज्ञाकाे कारणले धेरै विस्थापित हुने अवस्था पुगेको हाेटल ब्यबसायी बताउँछन् ।

अहिलेकै अवस्था कायमै रहिरहे व्यवसाय उठ्न नसक्ने गरि थला पर्ने हुदा सरकारले होटल,  सञ्चालनका लागि  व्यवस्थित र वैज्ञानिक कार्यविधि ल्याउनुपर्ने अन्यथा बागलुङका ब्यबसायी पेशाबाट विस्थापित हुने  हाेटल सितलका संचालक तालबहादुर कुबँरले बताए । 

जिल्लामा झण्डै १०० होटल, रेष्टुराँ दर्ता भएका छन्  बागलुङ नगरपालिकामा भित्र त्यो सङ्ख्या ७० को हाराहारीमा छ । सङ्घका अनुसार साना–ठूला सबै होटलमा गरी  रु ५० करोड भन्दा बढी लगानी रहेको छ । पर्यटकीयस्तरका होटलको सङ्ख्या भने १५ वटा  रहेको ब्यवसायी बताउँछन् ।

सरकारले होटल, रेष्टुराँ व्यवसायीलाई टिकाउनका लागि विशेष राहत प्याकेज ल्याउनुपर्ने माग गरिरहेका छन्  । “केही महिना यस्तै रहने हो भने व्यवसायी सबै डुब्छन्, होटल बन्द गर्नुपर्छ त्यहीँ कारणले अब राहत ब्यबसायीलाइ दिनुपर्ने अबस्था अाएकाे देखिन्छ । अहिले हाेटल तथा रेष्टुरेन्ट बन्दाबन्दी हुदा झण्डै ५ सय जना युवाको बेराेजगार बन्न पुगेका छन् ।

बागलुङ सदरमुकाममासंचालित हाेटल तथा रेष्टुरेन्ट झण्डै ९५ प्रतिशत  भाडाकै घरबाट सञ्चालित छन् ।सरकारले थाेरै मात्र लचिलो निति नल्याउने हाे  भने हाेटल ब्यबसायीहरू तात पल्टिने अबस्थामा पुग्ने कुरामा कुनै शंका छैन । सरकारले हाेटल ब्यबसायी लाई बिधुतमा महसुसमा छुट दिने निति बनाएको भएपनि बागलुङ जिल्लामा हाेटलकाे नाममा बिधुत लाइन जडान नगरेको कारण त्यो सुविधा बाट समेत बन्चित भएका छन् । स्थानीय प्रशासनले बागलुङ जिल्लामा काेराेनाकाे सक्रिय संक्रमित नघटेकाे भन्दै जिल्लामा बिहान ७ बजे देखि १२ बजेसम्म बजार खुला गर्न दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?